
पूर्णपुष्टि, बैशाख २ । उसो त दयाहाङ राई अभिनित फिल्म सँधै युट्युव ट्रेनिङमै पर्ने गरेको छ । यहि क्रममा नेपाली फिल्म घर ज्वाईलाई पनि युट्युवमा अत्याधिक रुचाईएको छ ।
०८१ सालमा सबैभन्दा धेरै कमाउने मध्ये सातौं नेपाली फिल्म ‘घरज्वाइँ’ युट्युव ट्रेनिङको ११ औँ स्थानमा छ । इन्टरनेट प्लाटफर्म मार्फत नयाँ बर्षको अवसर पारेर सार्वजानिक गरिएको सुपर स्टार दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म घरज्वाई यो समचार तयार पार्दा सम्म युट्युव ट्रेनिङको ११ औँ स्थानमा देखिएको हो । अनिल बुढामगर निर्देशित र जनक घर्तीमगरको निर्माण रहेको यो फिल्मले घरेलु बक्सअफिसमा ५ करोड ९ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो ।