Tuesday, June 30News That Matters

युवकको हत्या अभियोगमा ३ जना पक्राउ

पूर्णपुष्टि, भदौ ५ गते ।
एक युवकको हत्या अभियोगमा काठमाडौंबाट तीन जना पक्राउ परेका छन् । भोजपुर हतुवागढी गाउँपालिका–९ का १९ वर्षीइ विमल राई, १८ वर्षीय जीतेन राई र १९ वर्षीय सञ्जय राई पक्राउ परेका हुन् ।
बौद्धस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले भोजपुर हतुवागढी गाउँपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–६ स्थित महाङ्काल बस्ने २६ वर्षीय मनोज राईको हत्या गरेको आरोपमा उनीहरुलाई गएराति पक्राउ गरेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।
उनका अनुसार अभियुक्तहरुले मादकपदार्थ सेवन गरी एकआपसमा झगडा गर्दा राईको हत्या हुन पुगेको हो ।
शनिबार राति ९ः३० बजे भएको सो घटनामा प्रहरीले सङ्लग्नलाई शनिबार राति ११ बजे गौरीघाटबाट पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुमाथि बौद्ध प्रहरी वृत्तले थप अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए ।