Tuesday, March 25News That Matters

युवालाई स्वदेशमै राेजगारीमा जाेड

पूर्णपुष्टि/गाईघाट, असार २१ ।


जिल्ला युवा समिति उदयपुरले युवा लक्षित बिविध कार्यक्रमहरु सञ्चालन गरी गतिविधी अगाडि बढाएकाे छ । अार्थिक वर्ष २०७४/०७५ मा दर्जनाै कार्यक्रमका साथ गतिविधी गरिएकाेे अध्यक्ष खगेन्द्र पाेखरेलले बताए ।

बिहिबार पत्रकार सम्मेलन गरि गुुुुणस्तरीय र व्यवहारिक शिक्षा, राेजगारी, उधमशिलता र सीप विकास, युवा स्वास्थ्य र सामाजिक सुरक्षा, परिचालन, सहभागिता र नेतृत्व विकास, खेलकुद र मनाेरञ्जन जस्ता अाधारशिलामा रहेर कार्यक्रम तथा गतिविधी गरिएकाे उनले बताए ।

युवा नीति २०७२ र युथ भिजन २०२५ अनुरुप मूख्यगरी युवा बिदेश पलायनलाई राेक्न युवा उधम कार्यक्रम सञ्चालन गरिएकाे र युवा प्रतिभाकाे खाेजी गरि प्रस्फुटन गराउने कुरालाई प्राथमिकतामा राखिएकाे अध्यक्ष पाेखरेलले बताए ।