Tuesday, January 14News That Matters

युवा उद्यमिलाई टेवा

पूर्णपुष्टि/उदयपुर साउन १५ गते

उदयपुरमा युवा उद्यमीलाई चेक हस्तान्तरण मंगलबार गरिएको छ ।

जिल्ला युवा समितिले युवा उद्यमी समुहलाई पहिलो किस्ताका २ लाख ५० हजारको चेक हस्तान्तरण गरिएको हो । देस्रो किस्ताको बजेट स्थलगत अनुगमन गरे पश्चात दिने समितिले जनाएको छ ।

जिल्लाको निर्वाच क्षेत्रको आधारमा युवा उद्यमी समूहलाई गत वर्ष देखि ५ लाख विना धितो विना व्याजको ऋण प्रदान गर्दै आएको छ । बाख्रा,कुखुरा,च्याऊ,अलैँची आदि व्यवसाय गर्ने युवा व्यवसायीलाई दुई किस्तामा रकम प्रदान गर्दै आएको समितिको अध्यक्ष खगेन्द्र पोखरेलले बताए ।

क्षेत्र नं २ को रौतामाई गाउँपालिका २ र ६ नं वडाका युवा कृषक समूह र त्रियुगा नगरपालिका ९ का जनजागृति, यालीपात र सचेता केन्द्र युवा समुहले च्याऊ,अलैँची र बाख्रा व्यवसायको लागि चेक प्रदान गरेको जिल्ला युवा समितिका अध्यक्ष पोखरेलले बताए ।

वैदेशक रोजगारीमा जानबाट रोक्ने उद्देश्यले नेपाल सरकारको योजना नेपालको जनशक्ति नेपालमै प्रयोग गरौँ भन्ने लक्ष्य अनुरुप यस कार्यक्रम संचालनमा ल्याएको हो ।

नेपाल सरकारले ल्याएको “दिगो विकास एक निर्वाचन एक उद्यम” युवा उद्यमशिल्ता कार्यक्रमले युवाहरु विदेशिन बाट रोक्न अहम भुमिका खेल्ने आशा लिएको जनजागृति युवा कृषक समुहका अध्यक्ष केशव मगरले बताए ।