युवा हराएको चार दिन पछि शव फेला

पूर्णपुष्टि/उदयपुर, असार ३०
त्रियुगा नगरपालिका १ मा हत्यागरी गाडिएको अबस्थामा युवाको शव शुक्रबार फेला परेको छ ।

नगरपालिका १ जोगिदह निवासी अन्दाजी ३० वर्षिय सुशिलकान्त चौधरीको शव कङ्खोलाको बगरमा गाडेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीले बताउनु भयो ।

२५ गते बेलुकाको खाना खाएर वर्ल्डकप हेर्न निस्किएका चौधरी घर नफर्के पछि परिवारले खोजतलास गर्दा फेला परेको थिएन ।
गाडेको शवलाई जङ्गली जनावरले खोतलेर निकालेपछि दुर्गन्ध फैलिएर गाउँलेहरुले चौधरीको शव पत्ता लगाई प्रहरीलाई खबर गरेका थियो ।

धारीेलो वस्तुले छातिमा घोपेर चौधरीको हत्यागरी बगरमा गाडेको प्रहरीको भनाई छ । भने गाडेको ठाउबाट शव निकाली पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ ।

सङ्खास्पद व्यक्तिहरु पक्राउ गरि अनुसन्धना गर्दा हत्यारा त्यस भित्र बाटै पत्तालागेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0