Tuesday, January 14News That Matters

यु–१९ विश्वकपमा आज नेपालले न्युजिल्याण्डसँग खेल्ने

पूर्णपुष्टि, माघ ७ । यु–१९ विश्वकप क्रिकेट २०२४ मा आज नेपालले न्युजिल्याण्डसँग खेल्दैछ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा आफ्नो पहिलो खेल नेपालले आज दिउँसो पौने २ बजे वेस्ट लन्डनमा टेष्ट राष्ट्र न्युजिल्याण्डसँग खेल्नेछ ।

यु–१९ विश्वकपमा नेपाल र न्युजिल्याण्डबिच ८ वर्षपछि भेट हुदैँछ । यू–१९ विश्वकपमा नेपाल र न्युजिल्यान्ड तेस्रो पटक खेल्न लागेको हो । यसअघिको दुवै खेलमा नेपालले न्युजिल्याण्डलाई हराएको थियो ।

नेपालले न्युजिल्याण्डलाई २००६ को प्लेट फाईनलमा एक विकेट र २०१६ को समूह चरणमा १६ रनले हराएको थियो । समुह डि मा नेपाल सहित न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपालको दोस्रो खेल माघ १० गते बुधबार (२४ जनवरी) मा पाकिस्तान र तेस्रो खेल माघ १२ गते शुक्रबार (२६ जनवरी) शुक्रबार अफगानिस्तानसँग हुनेछ ।

देव खनालको कप्तानीमा रहेको नेपाली युवा टोली कम्तीमा सुपर सिक्स पुग्ने लक्ष्यका साथ दक्षिण अफ्रिमामा छ । समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्वपूर्ण हुनेछ ।

नेपाली टोलीमा (कप्तान) देव खनाल, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश कंडेल विशालविक्रम केसी, सुवाश भण्डारी, दीपक बोहरा, दिपक बोहरा, उत्तम रंगु थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलकराज भण्डारी, आकाश चन्द रहेका छन् ।