आइतवार, भदौ २३, २०८१
Sunday, September 8, 2024

यु–१९ विश्वकपमा आज पाकिस्तानसँग खेल्दै नेपाल

पूर्णपुष्टि, माघ १० । आईसीसी यु–१९ विश्वकपमा आज नेपालले समुह चरणको दोस्रो खेल पाकिस्तानसँग खेल्दैछ । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा हुने खेल नेपाली समय अनुसार दिउँसो १स्४५ मा सुरु हुनेछ ।

नेपाल समुह चरणको आफ्नो पहिलो खेलमा न्युजिल्याण्सँग पराजित भएको थियो । नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

न्युजिल्यान्डले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगिसकेको छ भने उता पाकिस्तान आजको खेलमा विजयी भएमा सुपर सिक्समा पुग्नेछ । नेपाल पाकिस्तातानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । नेपाल पाकिस्तानसँग हारेपनि अफगानिस्तानसँगको अन्तिम खेलमा विजयी भएमा सुपर सिक्समा पुग्नेछ । नेपालले समुह चरणको अन्तिम खेल शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।

विश्वकपमा नेपाल र पाकिस्तानबीच अहिले सम्म तीन खेल भएको छ । नेपाल र पाकिस्तानबिच २००२ मा भएको खेलमा नेपाल विजयी भएको थियो भने २०१६ मा भएको खेलमा पाकिस्तानसँग पराजित भएको थियो । २००० मा भएको खेल वर्षाको कारण रद्द भएको थियो भने यू–१९ एसिया कपमा नेपाल पाकिस्तानसँग तीनै खेलमा हारेको छ ।

नेपाली टोलीमा कप्तान देव खनाल सहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेशप्रसाद कंडेल , विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, दिपक बोहरा, उत्तम रंगु थापा मगर ९विकेटकिपर०, विपिन रावल ९विकेटकिपर०, तिलकराज भण्डारी, आकाश चन्द रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0