यु–१९ विश्वकप : आज नेपाल र अफगानस्थान सुपर सिक्सको लागी भिड्दै

पूर्णपुष्टि, माघ १२ । यु–१९ विश्वकपमा आज नेपालले समुह चरणको अन्तिम खेल अफगानस्थानसँग खेल्दैछ । आजको खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ ।

आजको खेलमा अफगानस्थानलाई हराउँदै नेपाल सुपर सिक्समा पुग्न चाहन्छ । आजको विजेता टोली सुपर सिक्समा पुग्ने समिकरण छ । नेपाल र अफगानस्थान समुह चरणको दुवै खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा न्युजिल्याण्डसँग ६५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै अफगानिस्तान पाकिस्तानसँग १८१ रनले पराजित भएको थियो भने न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो ।

समुह ‘डी’ रहेको नेपाल र अफगानस्थान अंक विहीन छन् । सुपर सिक्समा पुग्न आजको खेल दुवै टोलीको लागी महत्वपुर्ण हुनेछ । विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

दक्षिण एसियाका दुई चर्चित यू–१९ टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् । त्यसैले आज यी दुई टोलीबीच यू–१९ विश्वकपमा पहिलो पटक भेट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0