Friday, June 26News That Matters

यूएईबाट १४ नेपाली श्रमिकलाई उद्धार गरी स्वदेश फर्किए

पूर्णपुष्टि,असार ६ । बैदेशिक रोजगारको सिल्सीलामा यूएईमा पुगि विभिन्न समस्या झेल्दै आएका १४ जना नेपाली श्रमिकको उद्धार गरी नेपाल फर्काइएको छ । उनीहरुलाई गैरआवासीय मधेसी संघ युएई (एनआरएमए) यूएईको पहलमा गरी स्वदेश पठाइएको हो ।

लामो समयदेखि समस्यामा परेर घर फर्किन नपाएका उनीहरूको उद्धार गरी नेपाल फर्काइएको संघका कोषाध्यक्ष सदाम अन्सारीले जानकारी दिए ।

यूएईमा कार्यरत उनीहरूमध्ये कोही २ वर्षे करार अवधि सकिएर पुनः भिसा रिन्यु गर्न नपाएका, काम नपाएर समस्यामा परेका, कम्पनीले खान र बस्न समेत नदिएर समस्यामा परेकाहरूलाई उद्धार गरी नेपाल फर्काइएको हो । त्यसरी अलपत्र परेकाहरुलाई एयर अरेबियाको फ्लाइटबाट स्वदेश पठाइएको हो । अलपत्र पर्नेहरूमा सप्तरी, सिरहा, रौतहट र जुम्लाका छन् । समस्यामा पर्नेहरूमा सप्तरीका अर्जुन सदा, सुनसरीका अजित कुमार मेहता, रौतहटका इजामनन हक शेख, जुम्लाका कृष्ण नेपाली लगायत १४ जना रहेका छन् ।