
पूर्णपुष्टि, असार ६ । सांकृतिक, पर्यटन तथा उड्डन मन्त्री सुदन किरातीले पोखरा विमानस्थल अन्तर्राष्ट्रिय बाट भारतको विभिन्न क्षेत्रीय सहरहरुमा उडान भर्न सक्ने व्यापक सम्भावना देखेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बुधबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने ‘पोखराबाट सिधै भारतको विभिन्न क्षेत्रिय सहरहरुमा उडान भर्न सक्ने व्यापक सम्भावना देख्छु । पोखराबाट भारतको पट्ना, चण्डीगढ, गोरखपुर र सिलगुढी विमानस्थलहरुमा उडान भर्न सके थप सांकृतिक, सामाजिक र आर्थिक सम्बन्ध प्रगाढ भएर जाने विश्वास व्यक्त गरे ।’
आज भन्दा ४ करोड बर्ष पहिला नेपाल र भारत भएको भुगोलमा तेसिस महासागर रहेको उनले बताए । यो भुगोल पानिले भरिएको र दक्षीणबाट विस्तारै भुगोल अग्लीदै जाँदा दुई करोड बर्षअघी वर्तमान नेपाल र भारतको भुगोल तयार भएको उनले बताए । विस्तारै हिमालयहरु बने ‘उनले भने’ अहिले पनी वर्षमा दुई सेन्टि मिटर जती बढिरहेकै छ । हिमालको उचाई बढेजस्तैै नेपाल र भारतबिचको सम्बन्धपनि झन झन बढिरहेको उनको भनाई छ । प्रधानमन्त्रीको पछिल्लो भारत भ्रमणले यो कुरालाई पुर्न पुष्टि गरेको र भारतको सम्बन्धमा थप एउटा कोसे ढुङ्गा साबित भएको उनले बताए ।
