Sunday, May 10News That Matters

काठमाण्डौंँ महानगरका शिक्षा सल्लाहकार आर्यालले दिईन् राजिनामा

पूर्णपुष्टि, असार ६ । काठमाण्डौंँ महानगरपालिकाका शिक्षा शाखाका सल्लाहकार रेशु दाहलले राजिनामा दिएकी छन् । गत भदौमा महानगरको कार्यपालिका बैठकबाट शिक्षा सल्लाहकारमा नियुक्त भएकी उनले मेयर बालेन्द्र शाहको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै राजिनामा दिएकी हुन् ।

पछिल्ला घटनाक्रममा महानगरका मेयर साहले लिएका निर्णय आफ्नो मूल्यमान्यता विपरीत भएका र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न भएकाले राजीनामा दिएको उनले बताएकी छिन् ।

बलिउड फिल्म आदिपुरुषमा ‘सिता भारतकी छोरी’ भन्ने संवादलाई लिएर मेयर शाहले काडमाण्डौँ महानगरपालिका भरीका १७ वटै हलमा भारतीय फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका थिए ।

अर्यालको परिवारका सदस्य फिल्म हलको व्यवसायमा पनि संलग्न छन् । जसका कारण उनले स्वार्थको द्वन्द्व उत्पन्न भएको भनेकी हुन् । सल्लाहकारमा रहँदा आफूले सकेको काम गरेको भन्दै उनले सार्वजनिक शिक्षाकै क्षेत्रमा आफूले काम गर्ने बताएकी छिन् । आर्याल कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारको लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छिन् भने सामाजिक अभियन्तासमेत रहेकी छन् । उनी टिच फर नेपालको संस्थापक बोर्ड सदस्य र ५ वर्ष अध्यक्ष भएकी थिइन् ।