Thursday, June 18News That Matters

पहिचानको कुरा गर्दा जातिवादको आरोप : रेशम चौधरी

पूर्णपुष्टि,असार ६ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थारूहरूले पहिचानको कुरा गर्दा जातिवादको आरोप लाग्ने गरेको बताएको छ । बुधवार उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित पहिचानबादी सकृय समर्थक शुभचिन्तक बीच स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो ।

उनले भने, ‘थारु आदिवासी र पहिचानवादीको पक्षमा समर्पण गरेको छु ।’ थारु समुदायहरुले सस्कृत भाषा बढ्न र लेख्न नसक्दा आफुहरुलाई राज्यले दिएको शैक्षिक अधिकारबाट बञ्चित गराएको जनाए । अहिलेको संविधानले भुमीपुत्र थारु र आदिवासी जनजातिको हक अधिकार सुनिश्चित नगरेको भन्दै अब सर्घषबाट अधिकार प्राप्ति गर्नुपर्ने बेला आएको जनाए ।

‘राज्यले टिकापुर घटनालाई थारुले घटाएको भन्दै विभेद पुर्णरुपमा मलाई फसाउने काम गर्‍यो । म कहिल्यै पनि जातीय विभेदको पक्षमा छैन । सयौँ राष्ट्रिय गीत लेख्ने र गाउने गरेको एउटा कुसल कलाकारलाई राज्यले विभेद गरेर जेलमा बस्न बाध्य पारेको भन्दै जेलबाटै जन्मिएको नागरिक पार्टीले यो देशको पहिचानवादी र पिछडिएका जनताको पक्षमा राजनीति गर्ने पछि जनाए ।

नागरिक उन्मुक्ती पार्टी जिल्ला कार्य समिति उदयपुरका सभापति बद्रि नारायण चौधरीद्धारा पार्टीका संरक्षक रेशम चौधरीलाई मायाँको चिनो प्रदान गर्दै ।

कार्यक्रममा आफ्नो जेल भित्रका दुःख सुनाउनमा खर्चिएका चौधरीले आफूलाई कहिले कमजोर नठान्न चेतावनी दिए । उनले भने, ‘अब बचेको जिन्दगी थारूहरूको पहिचानका साथै उत्पीडित, दलित‚ मधेशी‚ मुस्लिम र पछाडि परेको वर्गका पक्षमा लड्ने हो । त्यस कारण म पहिचानका लागि लड्छु । नागरिक उन्मुक्ति पार्टी र चुनाव चिह्न (ढकिया) जनताका लागि हो।’

भेटघाट कार्यक्रमको सभाअध्यक्ष नागरिक उन्मुक्ती पार्टी जिल्ला कार्य समिति उदयपुरका सभापति बद्रि नारायण चौधरीले गरेका थिए । कार्यक्रममा (ना.उ.पा)का बरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, संसद गंगाराम चौधरी, उर्मीला सिंह र बिभिन्न थारु समुदायका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।


कार्यक्रमलाई जिल्ला कार्य समिति सदस्य जीतेन्द्र चौधरीले सञ्चान गरेका थिए ।