पूर्णपुष्टि, कार्तिक १
यो बर्षका लागि नेपालबाट मनसुन बाहिरिएको छ । गत बर्षको तुलनामा चार दिन ढिलो गरी मनसुन बाहिरिएको हो । मौसम बिज्ञहरुका अनुसार यस बर्ष मनसुन छिट्टै भित्रिएको जनाईएको छ । प्राय जेठ ३० देखी भित्रिने मनसुन यस बर्ष एक साता अगबै भित्रिएको विज्ञहरुको भनाई छ । यो बर्षको जुन, जुलाई र अगष्टमा औषात भन्दा कम बर्षात भएको विज्ञहरु बताउँछन् । सेम्टेम्वर बाट मात्रै बर्षा औषात भन्दा बढी भएको जनाईएको छ । बर्षाका कारण नेपालभर ११० जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएको छ । यता ९९ जना भने घाईते भएको छ । नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिएर अक्टोबर २ तिर बाहिरिने गरेका थिए ।
