Tuesday, June 2News That Matters

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

पूर्णपुष्टि, कार्तिक १ गते ।
झापामा दुईवटा मोटरसाइकल एकआपसँग ठोक्किदा दुई जनाको मृत्यु भएको छ, भने दुईजना घाईते भएका छन् । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–२ निवासी २५ वर्षीय अनिश साउदेन र सोही गाउँपालिका–६ निवासी ४३ वर्षीय भोलाराज भुजेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका जनाएको छ ।
प्रहरीका अनुसार चारपाने बेलडाँगीस्थित भित्री सडकखण्डमा सोमबार अपरान्ह ४.४५ बजेतिर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।
दुर्घटनामा परी मे ५ प १६०४ नम्बरको मोटरसाइकलका चालक साउदेन र मे ३ प ५५८० नम्बरको मोटरसाइकलका चालक भुजेलको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा मे ३ प ५५८० नम्बरको मोटरसाइकलमा सवार मृतक भुजेलकी श्रीमती ४२ वर्षीया चन्द्रकला भुजेल र उनकी छोरी ९ वर्षीया प्रसन्ना भुजेल घाइते भएका छन् । उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।