यौण शोषण गरेको आरोपमा उदयपुरमा वकिल पक्राउ

पूर्णपुष्टि, असोज १९
उदयपुरमा एक वकिललाई यौण शोषणको आरोपमा प्रहरीले पक्राउ गरेको छ । १० बर्ष देखी बन्धक बनाई बिभिन्न बाहानावाजीमा यौनसोसण गर्दै आएका उदयपुर जिल्ला अदालतमा कानुन व्यवसायीको रुपमा काम गर्ने एक वकिललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो ।


एकल महिला समेत रहेकी एक पिडित ममिहलाले आफुलाई बिबाह गर्ने बाहानामा र अन्य आश्वासनमा १० बर्ष देखि यौनसोसण गर्दै आएको भन्दै प्रहरीमा उजुरु दिएपछि सोही उजुरुको आधारमा वकिललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


उदयपुरको बेलाका गनरपालिका रामपुर घर भएका कानुन व्यवसायी (वकिल) सुमन भनिने किरण केसीलाई सोमवार पक्राउ गरेको उदयपुर प्रहरी पवक्त तथा (डिएसपी) वेद प्रसाद गौतमले जानकारी दिए ।

सोमबार पक्राउ परेका केसी पीडित महिलाबीच केही दिनअघि जिल्ला मालपोत कार्यालय उदयपुरमा छलफलसमेत भएको पी डि त को आफन्तहरुले बताएका छन् । स्रोतका अनुसार मालपोत कार्यालयका प्रमुख नबराज खड्काको कार्यकक्षामा भएको छलफल बिना निस्कर्ष टुंगीएको थियो । त्यसलगतै स्थानीय बिभिन्न सञ्चारमाध्यममा पी डि त को पहिचान गौण राखी अन्तरवार्तासमेत सार्वजनिक भएपछि घटना सतहमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: