Saturday, April 26News That Matters

रंगेहात गाँजा र व्यापारी पक्राउ

पूर्णपुष्टि/उदयपुर, पुस ६ गते ।

लागूऔषध नियन्त्रण तथा मदिरा नियन्त्रणमा विशेषरुपले लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहिबार घरमै विक्रीवितरण गर्दै गरेको अवस्थामा रंगेहात ठूलो मात्रामा गाँजा र एक ब्यापारी पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका ११ स्थित पिकनिक स्पोर्ट नजिकैको ढिम्कि गाउँमा अन्दाजी तीनकेजी बढी गाँजासहित ब्यापारी ३२ बर्षिय प्रेमबहादुर राईलाई रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताउनुभयो ।

स्थानीय एक व्यक्तिको घरमा लुकाईछिपाई गाँजा लगायतका लागूऔषध विक्री वितरण गरेको सुराकीको आधारमा छापामार्दा रंगेहात पक्राउ परेको हो । खोटाङ स्थायी घर भई सो ठाउँमा डेरागरी बस्ने राईले कोठामै गाँजा लुकाएर विक्री गर्ने गरेको पाइएको प्रहरीको भनाई छ । प्रहरीले छापामार्ने क्रममा कोठाभित्रकै दराजभित्र लुकाएको अवस्थामा दुईपोका र घरपछाडि दाउराले छोपेर राखेको अवस्थामा एकपोका गाँजा बरामद गरेको छ ।

सुराकीको आधारमा अनुसन्धान गर्दै गएको प्रहरीले पिकनिक स्पोर्ट नजिकैको उक्त घरमा गाँजा किनेर खाने तथा कोरेक्स लगायतका अन्य लागूऔषधसमेत विक्रीवितरण र सेवन गर्ने गरेको पत्ता लगाएको थियो । सिभिलरुपमा प्रहरी खटेर घरमा कारोवार हुने गरेको र ब्यापारीसमेत पत्ता लगाएपछि प्रहरी प्रमुख एसपी नवराज भट्ट, प्रहरी नीरिक्षक टेकेन्द्र शर्मा पौडेलकोसहितको टोली पुगेर रंगेहात पक्राउ गरेको थियो । ढिम्कि र आसपासका क्षेत्रमा लागूऔषध प्रयोगकर्ता बढि हुने गरेको स्थानीयको भनाई अनुसार प्रहरीले निगरानी बढाएको थियो ।

पक्राउ व्यक्तिको आचरणलाई बुभ्mदा कारोवारमा उनीमात्र नभई उनलाई परिचालन गर्ने अथवा सहयोगीहरु अन्य केही व्यक्तिहरुसमेत हुनसक्ने प्रहरीको भनाई छ । सोही किसिमले अनुसन्धान गर्दै पक्राउ परेका राईउपर कानूनी कारवाही चलाइने एसपी भट्टले बताउनुभयो ।

उदयपुरमा लागूऔषध प्रयोगकर्ताको संख्या धेरै रहेकोमा प्रहरीको विशेष अप्रेसनले केहीमात्रामा कमी आएको भएपनि विक्रेतासम्म पुग्न गाह्रो भईरहेकोमा अहिले ठूलो सफलता मिलेको एसपी भट्टले बताउनुभयो ।