
साउन ३० गते ।
अदालतले पत्रकार रवि लामिछाने सहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्या गर्नमा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत, चितवनले अनुमति दिएको हो ।
चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ ।
रवीलाई अदालतमा उपस्थित गराउनु अघि उनका समर्थकले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले लामिछानेको यथाशिघ्र रिहाइका लागि माग गरेका थिए । भिडका बीच प्रहरीले रवि, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो ।
न्यूज २४ टेलिभिजनको कार्यलयबाटै बिहीबार साँझ लामिछाने र कँडेललाई गिरफ्तार गरिएको थियो भने अस्मिता कार्कीलाई कलंकीबाट पक्राउ गरिएको थियो ।
