
सुनसरी, साउन ३२ गते ।
सुनसरीको रामधुनीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । रामधुनी नगरपालिका – ६ निबासी ४५ वर्षीय पदमबहादुर श्रेष्ठ पोखरीमा डुबेर मृत्यु भएको हो ।
शुक्रबार दिउँसो पौने ४ बजे घर नजिकै रहेको पोखरीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
