Tuesday, May 5News That Matters

इरानी ट्याङ्कर जफत गर्न अमेरिकाको पुर्जी

साउन ३२ गते ।

जिब्राल्टरमा नियन्त्रणमा लिएको ईरानी तेल ट्याङ्करलाई अमेरिकाले जफत गर्न पक्राउ पुर्जी जारी गरेको छ । नियन्त्रणमा रहेको ट्याङ्करलाई घर फर्कन एक जना न्यायाधिशले अनुमति दिएपछि न्याय मन्त्रालयले पुर्जी जारी गरेको हो ।

ब्रिटेनको स्वशासित क्षेत्र जिब्राल्टरबाट ग्रेस–वान नामक सुपर ट्याङ्करलाई गत जुलाई ४ मा नियन्त्रणमा लिइएको थियो । तेल बोकेको उक्र ट्याङ्कर अवैध रूपमा सिरियातर्फ जाँदै गरेको शङ्का गरिएको थियो ।

अमेरिकाले त्यस ट्याङ्करलाई नियन्त्रणमा लिन अन्तिम कानुनी प्रक्रिया अपनाउँदै गर्दा जिब्राल्टरले बिहीवार त्यसलाई अस्वीकार गरिदिएको थिए ।

पहिले नै इरानले पहिले ट्याङ्करको नियन्त्रणलाई अवैध अवरोध भनिसकेका छन् । उक्त ट्याङ्कर नियन्त्रणमा लिइएको दुई साता पछि गत जुलाई १९ मा इरानले ब्रिटिश झण्डावाला एउटा ट्याङ्कर स्टेना इम्पेरियोलाई स्ट्रेट अफ हर्मुज भनिने क्षेत्रबाट नियन्त्रणमा लिएको थियो ।