
पूर्णपुष्टि, माघ १५ गते । रवि लामिछानेले पुन नेपाली नागरीकता प्राप्त गरेका छन् । उनले आज जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम पुरानो नेपाली नागरिकतालाई नै पुनः कायम गरेका हुन् ।शुक्रबार सर्वोच्च अदालतको फैसालाले रवि लामिछाने अनागरिक ठहर गरेको थियो ।
सर्वोच्च अदालतको आदेश बमोजिम लामिछानेले नागरिकताको नियमवालीको नियम ११ अनुसार आवश्यक प्रकिया पुरा गरेर नागरिकता पुन प्राप्त गरेको काठमाण्डौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यले बताए । उहाँका अनुसार पुनः प्राप्तिको प्रक्रिया पूरा गरी पुरानै विवरण र जारी मिति रहेको नागरिकता लामिछानेलाई दिएको हो ।
