पूर्णपुष्टि, माघ १० । उदयपुरको रसुवाघाटस्थित दुधकोशी झोलुङ्गे पुलबाट मंगलबार साँझ एक ब्यक्तिले हाम फालेर आत्महत्या गरेको स्थानीयले बताएका छन् । रौतामाई गाउँपालिका ५ मा पर्ने रसुवा झोलुंगेपुलले उदयपुर र खोटाङ जोडेको छ । पक्की पुल नहुदा सो पुल एकमात्र कोशी वारपार गर्ने माध्यम हो ।
स्थानीय कर्णबहादुर राईका अनुसार नाम, ठेगाना थाहा नभएको ती आत्महत्या गर्ने ब्यक्ति पुरुष रहेका छन् । पुलबाट हाम फालेको केही स्थानीय देखेपनि बचाउन सम्भव नभएको बताइएको छ । मृतकको शब कोशी किनारमा तैरिरहेको बताइएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार घटनास्थल तर्फ प्रहरी गएका छन् । घटना स्थल पुगेर प्रहरीले घटनाको बारेमा बुझेपछि विस्तृत जानकारी आउने एसपी थापाले बताए ।