Sunday, May 3News That Matters

रसुवाघाट पुलबाट हाम फालेर आत्महत्या गर्ने पुरुषको खुल्यो परिचय

पूर्णपुष्टि, माघ १० । उदयपुरको रसुवाघाटस्थित दुधकोशी झोलुङ्गे पुलबाट मंगलबार साँझ खसेका ब्यक्ति खोटाङको खोटेहाङ गाउँपालिका – ५ चिप्रिङका अन्दाजी ४२ वर्षिय गोपाल विष्ट रहेको प्रहरीले पुष्टि गरेको छ ।

पुलभन्दा केही तल कोशी किनारमा विष्टको मृत शरीर फेला परेको छ । उनको भवितब्य वा आत्महत्या बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिनुभयो । मृतकको शब पोष्टमार्टमका लागि खोटाङ अस्पताल लगिएको छ । रौतामाई गाउँपालिका ५ मा पर्ने रसुवा झोलुंगेपुलले उदयपुर र खोटाङ जोडेको छ । पक्की पुल नहुदा सो पुल एकमात्र कोशी वारपार गर्ने माध्यम थियो ।