Tuesday, March 25News That Matters

राईजीङ बसाहा गोल्डकप आज बाट सुरु पहिलो खेलमा सुनसरी बिजयी

 

बसाहा, चैत्र २६ 

मंगलबारदेखी उदयपुरको बसाहामा सुरु भएको चौथो बसाहा राईजीङ गोल्डकप महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा माउण्टेन एभरेष्ट स्पोरटिङ क्लव सुनसरी बिजयी भएको छ ।

सार्लाही ११ लाई १–० ले हराउँदै सुनसरीले बिजयी सुरुवात गरेको हो । खेलको ५२ नौँ मिनेटमा सुनसरीका जर्सि नं १० का मुना मगरले गोल गरेकी थिइन् । सोही गोल नै अन्तिम निर्णायक गोल बन्न पुगेको हो ।

बसाहा राईजीङ युवा क्लवको आयोजना तथा चौदण्डीगढी नगरपालिका र नगर खेलकुद विकास समिति चौदण्डीगढीको प्रायोजनमा भईरहेको खेलमा अन्य टिमहरु गाइघाट फुटवल क्लव उदयपुर, बसाहा राईजीङ युथ क्लव, धनकुटा फुलवल संघ धनकुटा, बेलका नगरपालिका, र पारिजात महिला फु्टवल क्लव झापा गरी जम्मा सात टिमको सहभागी छ ।

आायेजक समितिका प्रमुख सल्लाहकार दिनेश राईका अनुसार २९ गते फाईनल हुने प्रतियोगिताको विजेतालाई ७५ हजार नगद पुरस्कार, सिल्ड र उपविजेतालाई ३५ हजार नगद, सिल्ड प्रदान गरिने छ ।

चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले उद्घाटन गर्नुभएको प्रतियोगिताले महिला फुटबलको क्षेत्रमा टेवा पुर्याएको छ । मेयर राईले महिला फुटबल खेलाडीहरुका लागि अवसर र अभ्यास बोकेको गोल्डकपको महत्व रहेको बताउनुभयो ।