Monday, June 29News That Matters

राजस्व छलीको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर

पूर्णपुष्टि, भदौ ७

भारतबाट भन्सार छलेर सामान ल्याएको आरोपमा राजस्व अनुसन्धान विभागले तीन करोड १९ लाख रुपैयाँ बिगोसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

क्याबिन कोठा बनाएर भारतबाट भन्सार छलेर लत्ता कपडालगायत सामान ल्याउने वीरगञ्जका रजनीश कुमार र चितवनका राजु भनिने राजेन्द्र थापासहित ६ जनालाई पाटन उच्च अदालतमा तीन करोड १९ लाख ७७ हजार रुपैयाँ बिगो र कैद माग गरेर मुद्दा दायर गरेको विभागले जनाएको छ ।

मालसामान ढुवानीकर्ता नेपाल लजिस्टिकका सञ्चालक राजेन्द्रकुमार गुप्ता, ट्रक चालक सुनिल कुमार, काठमाण्डौमा व्यवसाय गर्ने बाराको कलैयाका रञ्जित गुप्ता र भारत दिल्लीका रञ्जितकुमार गुप्ताविरुद्ध पनि विभागले मुद्दा दायर गरेको जनाएको छ ।