Monday, April 20News That Matters

राजस्व बढी देखाउने आधार हट्यो

भदौ ७ गते ।

अर्थ मन्त्रालयले २०७४/७५ को राज्वको वृद्धिदर उच्च देखाउने आधार घटाएको छ । आर्थीक वर्ष २०७४/७५ मा ७ खर्ब १ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा देखाइएको छ ।

राजस्व संकलनको आधार नै घटाइएकाले २०७५/७६ संकलन भएको ८ खर्ब ५९ अर्ब ५९ करोड रुपैयाँको राजस्व त्यसभन्दा अघिल्लो वर्षको तुलनामा २२.६१ प्रतिशतको वृद्धिदर हुन आउँछ । आव २०७४/७५ सकिएपछिसँगै ७ खर्ब ३२ अर्ब २३ कारेड रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले सार्वजनिक गरेको थियो ।

यो समाचार आजको अन्नपूर्ण दैनिकमा छापिएको छ ।