
पूर्णपुष्टि, २६ असार ।
त्रियुगा नगरपालिका ९ राजावास स्थित हायसले ठक्कर दिँदा पैदल यात्री गम्भीर घाईते भएको छ । बुधबार बिहान ९ बजेको समयमा मदन भण्डारी लोक मार्ग स्थित गाईघाट बाट कटारी जाँदै गरेको बा ५ ख २२९८ नं को हायसले ठक्कर दिँदा गम्भीर घाईते भएको हो । त्रियुगा नगरपालिका ९ राजावासकै ८४ बर्षिया मन माया राउतलाई बाटो काट्दै गरेको अवस्थामा हायसले ठक्कर दिएका थिए । घाईते बृद्धाको सिटि अस्पताल बिराटनगरमा उपचारको लागि पठाईएको ट्राफिक प्रहरी उदयपुरले जनाएको छ । उनको टाउको र खुट्टामा चोट लागेको छ । ठक्कर दिने हायस चालक तेह्रथुम जिल्ला लालिगुरास नगरपालिका ९ का खड्ग बहादुर मगरलाइृ जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
