Friday, May 1News That Matters

राप्ती नदीको बाढीमा फसेका तीन जनामध्ये एक बेपत्ता, दुईको उद्धार

पूर्णपुष्टि, असार २२ । दाङको लमही नगरपालिका–७ हस्नापुरस्थित राप्ती नदीमा आएको बाढीमा फसेका तीन व्यक्तिमध्ये एक जना बेपत्ता भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको छ।

प्रहरीका अनुसार दूध बिक्री गर्न लमही गएका राजपुर गाउँपालिका–२ का १८ वर्षीय राजकुमार यादव फर्किने क्रममा बाढीमा बगेर बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले राजपुर–२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको सकुशल उद्धार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए। बेपत्ता युवकको खोजी कार्य जारी रहेको बताइएको छ।