Sunday, June 28News That Matters

रामबहादुर लागुऔषधसहित पक्राउ

झापा, जेठ ३ गते ।

झापाको गौरिगंजबाट रामबहादुर विक लागुऔषधसहित पक्राउ परेको छ । शिवसताक्षी–४ बुलुचौक निबासी ३५ बर्षीय बिकलाई लागुऔषध सहित पक्राउ परेको हो ।

गौरिगंज–११ रंगेथान स्थितमा हिजो राती करिब ९ बजे हिडिरहेको अवस्थामा विकलाई चेकजाँच गर्दा उनको साथबाट ७० ग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका विकलाई माथी थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।