
पूर्णपुष्टि,फागुन १८ । नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्दैछ । कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गर्न लागिएको हो ।
आज दिउँसो एक बजे तीनकुनेको एक व्यांक्वेटमा हुने कार्यक्रमको अभिमुखीकरणमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारले मत मागिरहेका छन् । राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यहरू मतदाता हुन्छन् । उनीसँग नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । आठ दलीय गठबन्धन बनाउनुको औचित्य र राष्ट्रपतिमा पौडेललाई अघि सार्नुको कारणबारे शीर्ष नेताहरुले सांसदहरुलाई जानकारी गराउने एक नेताले बताए ।
