पूर्णपुष्टि/उदयपुर, फागुन ५ गते
राष्ट्रिय अनुसन्धान कार्यालय उदयपुरको छुट्टै भवन निर्माण भई कार्य सम्पादन सन्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालयको एउटा कोठामा सिमित रहेकोमा बिहीबारदेखि आफ्नै सुविधा सम्पन्न भवनमा सरेर कार्यसम्पादन सन्चालन गरेको हो ।
भवनको बिहीबार एक समारोहका विच विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीले उद्घाटन गर्नुभयो । ८८ लाख ३८ हजार ४४५ रुपिँया ८७ पैसाको लागतमा १८ महिनामा निर्माण कार्य सम्पन्न भएको कार्यालय प्रमुख तिलक प्रसाईले जानकारी दिनुभयो । भवनको निर्माण कार्यको जिम्मा सुसम आदित्य विजय निर्माण सेवा प्रा.लि. त्रियुगा नगरपालिका १० ले पाएको थियो ।
दुई तला रहेको भवनमा तल्लो तलामा कार्यालय प्रमुखको कार्यकक्ष र हल, वाथरुमसहित २ वटा कोठा, दोस्रोे तलमा कार्यालय प्रमुखको निवास प्रयोजनका लागि ४ वटा कोठा वाथरुम रहको छ । भवनको प्राविधिक सहयोग शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय उदयपुरले गरेको थियो ।