Sunday, June 28News That Matters

राष्ट्रिय भलिबल टिमका कप्तान थापा निलम्बित

पूर्णपुष्टि, असार ३१ । नेपाली राष्ट्रिय भलिबल टिमको कप्तान हरिहजुर थापा निलम्बनमा परेका छन् । गत सोमबार सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय लिगको खेलमा आर्मीबाट खेलेका थापाले कप्तानको भुमिका राम्रोसँग पुरा नगरको र कर्तव्यबाट विमुख भएको भन्दै नेपाल भलिबल संघले निलम्बन गरेको हो ।

दशरथ रंगशालास्थित कभर्ड हलमा आर्मी र गण्डकीबिच भएको उक्त खेलमा आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए । घटनापश्चात संघका महासचिव तथा प्रतियोगिता संयोजक समेत रहेका रोशन श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले दिएको सिफारिसको आधारमा संघले उनलाई कप्तानबाट हटाएको हो । छानविन समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन थिए ।

थापामा राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्न सक्ने क्षमता नपाएको कारण पदबाट निलम्बन गरिएको महासचिव रोशन श्रेष्ठले जानकारी दिए । छानबिन समितिले खेलाडी, दर्शक र भलिबलमा संलग्नहरुको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापनमा समेत कडाइ गर्न भलिबल संघलाई सुझाव दिएको छ ‘श्रेष्ठले भने’ सहभागी क्लबका खेलाडीलाई अनुशासनमा राख्न अनुरोध गर्ने निर्णय गरेको छ ।’ छानबिन समितिले उक्त विवादित खेलका रेफ्री चित्र गुरुङ र अनिल रानालाई पनि कारबाही गरेको छ । उनिहरुलाई क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नदिने गरि कारबाही गरिएको छ ।