
बैशाख ६ ।
आज नेपाल राष्ट्र बैंकले पाँच अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । एक सूचना जारी गर्दै बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
झण्डै २० करोडको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । यो बिल आउँदो साउन ५ गते परिपक्व हुनेछ । यस्तै पाँच अर्बको ट्रेजरी बिल भने जम्मा एक सय ८२ दिनका लागि बिक्री गरिने छ । यो बिल भने आउँदो कात्तिक २ गते परिपक्व हुनेछ ।
राष्ट्र बैंकले यसअघि गत चैत ३० गते झण्डै २० अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गरेको थियो ।
