Wednesday, June 3News That Matters

त्रिदेशीय सिरिजमा नेपाल र मलेसिया खेल्दै

बैशाख ६ । 

आज त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे सुरु हुने जनाईएको छ ।

नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको छ भने  मलेसिया हिजो नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको छ ।

अहिलेसम्म नेपाल र मलेसियाबीच चार वटा टी–ट्वान्टी र चार टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपालले तीन टी–ट्वान्टी र तीन टी–ट्वान्टी अन्तर्राष्ट्रियमा जित निकालेको छ ।