Wednesday, June 3News That Matters

महानगरका पूर्व मेयर एवम् पूर्वमन्त्री सुवालको निधन

बैशाख ६ 

काठमाण्डौ महानगरपालिकाका पूर्व मेयर एवम् पूर्वमन्त्री प्रयागराज सिंह सुवालको ९३ वर्षको उमेरमा निधन भएको छ । आइतवार बेलुकी ७ः५५ मा आफ्नै निवास काठमाण्डौ ओमबहालमा सुवालको निधन भएको हो ।

सुवाल लामो समयदेखि उच्च रक्तचाप र मृगौला सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । अहिले बिहान १० बजेसम्म उहाँको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीको लागि ओमबहालमा राखिने जनाएको छ । त्यसपछि उहाँको आजै अन्तिम संस्कार गरिनेछ ।

२०१० सालमा भएको काठमाण्डौ नगरपालिकाको पहिलो निर्वाचनमा सुवाल नगर उपसभापति (उपमेयर) मा निर्वाचित हुनु भएको थियो भने काठमाण्डौ नगरपालिकाको दोस्रो निर्वाचनमा सुवाल मेयरमा निर्वाचित हुनु भएको थियो ।

सुवाल २०३० सालमा नगेन्द्रप्रसाद रिजालको प्रधानमन्त्रीत्व कालमा यातायातमन्त्री बन्नुभएको थियो ।

राणा शासकले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मारेपछि राणाविरोधी आन्दोलनमा लाग्नुभएका सुवालले लामो समय जेलजीवन समेत बिताउनु परेको थियो ।