
पूर्णपुष्टि,बैशाख ५ । घरको छतबाट लडेर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निजी चालक दिलबहादुर थापालाई थप उपचारको लागि काठमाडौ ल्याइएको छ । चालक थापाको गत सोमबार बिहान ४ बजे भरतपुर–११, स्थित लामिछानेको घरको छतबाट खसेर घाँटीको हड्डी भाँचिए थियो ।
घाइते थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको
लामिछानेले सामाजिक सञ्जालमा दिएको जानकारी दिएका छनर । उनका अनुसार भरतपुरका चिकित्सकको सल्लाहमा उनलाई काठमाडौं ल्याइएको हो।
‘हाम्रो साथी, सहयोगी, भाइ शम्भुको कलेज अफ मेडिकल साइन्सेस् ९पुरानो मेडिकल कलेज० भरतपुरमा अत्यन्त गम्भीर तथा नाजुक स्वास्थ्य स्थितिमा करिब ३६ घन्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्य स्थिति स्थिर तथा सुधारोन्मुख रहेको तथा बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी थप उपचारको लागि चिकित्सकज्यूहरू तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट एयरलिफ्ट गरी काठमाडौंको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ,’ लामिछानेले लेखेका छन्।
