Monday, June 15News That Matters

लिम्चुङबुङको खेलकुदमा झापा, भोजपुर र वडा नं. १ प्रथम

पूर्णपुष्टि, बैशाख ५ । उदयपुर ।
उदयपुरको पहाडी गाउँपालिका लिम्चुङबुङले विजेतालाई १ लाख रुपैया पुरस्कारसहित पाँचदिने खेलकुद कार्यक्रम आज सम्पन्न गर्यो । गाउँघरमा लोकप्रीय खेल भलिबलमा पुरुषतर्फ ८ टिम सहभागि मध्ये झापा प्रथम, त्रियुगा नगरपालिका (उदयपुर) दोस्रो र ताप्ली गाउँपलिका (उदयपुर) तेस्रो भए । महिलातर्फ ६ टिम मध्ये भोजपुर (आमचौक) प्रथम, लिम्चुङबुङ (आयोजक) दोस्रो र ओखलढुङ्गा (मानेभञ्ज्याङ) तेस्रो भए । विजयीहरुलाई क्रमशः १ लाख, ६० हजार र ४० हजार पुरस्कार दिइएको हो ।
त्यसैगरी पाँच टिम सहभागि फुटबलतर्फ प्रथम हुने वडा नं. १ बाँसबोटे ५० हजार, दोस्रो वडा नं. २ ताम्लिछा (ए) ले ३० हजार र तेस्रो ताम्लिछा (बी) ले २० हजार पुरस्कृत प्राप्त गरे ।
युवा सशक्तिकरणका लागि आयोजना गरेको पाँचदिने खेलकुद नयाँवषसंगै सुरु भएको थियो । पालिका अध्यक्ष मेजरकुमार राई र उपाध्यक्ष पुष्पकुमार राईले युवाहरुलाई पुरस्कृत गर्दै खेलकुदसंगै विकास र समृद्धिको बाटोमा लाग्न आव्हान गरे ।

DCIM100MEDIADJI_0590.JPG