Friday, May 22News That Matters

संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारीसका लागी बसेको बैठक निष्कर्ष बिहिन

पूर्णपुष्टि, बैशाख ६ । संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारीसका लागी बसेको बैठक निष्कर्ष बिहिन भएको छ । आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठमा भावी प्रधानन्यायाधीश नियुक्ती बारे छलफल भएपनि सिफारीस भने गर्न सकेन ।

बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । अर्को बैकठले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने पनि उनले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सुरू भएको बैठकमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सहभागी थिए । वैशाख ४ गते प्रमुख तीन दलका नेताहरुबिच बालकोटमा बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश सिफारीस गर्न सहमति जुटेको थियो ।