Monday, June 15News That Matters

आईपिएल : हैदरावादमाथि बुम्बईको १४ रनको जित

पूर्णपुष्टि, बैशाख ६ । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत सनराइजर्स हैदरावादमाथि मुम्बई इण्डियन्सले १४ रनको जित निकालेको छ । यस सिजन मुम्बईले लगातार तेस्रो जित निकालेको छ भने हैदरावादको यस सिजनको दुई जित पछिको हार हो ।

मंगलबार राति राजीवगान्धी क्रिकेट स्टेडियममा भएको खेलमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको मुम्बईको लागी क्यामरुन ग्रिनले ४० बलमा ६४ रन बनाएका थिए भने प्लेयर अफ दि म्याच समेत भए ।

पहिले ब्याटिङ गरेको मुम्बईविरुद्ध सनराइजर्स हैदरावादका मार्को यानसेनले दुई विकेट लिए । घरेलु मैदानमा १९३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादको टिम १९.५ ओभरमा १७८ रनमा अलआउट भयो । हैदरावादका लागि मयंक अग्रवालले ४१ बलमा सबैभन्दा धेरै ४८ रन बनाए । यस्तै विकेटकिपर ब्याटर हेनरिच क्लासेनले १६ बलमा ३६ रन बनाए ।

मुम्बईका लागि राइली मेरिडिथ र जेसन बेहरेनडोर्फले दुई–दुई विकेट लिए । अर्जुन तेन्दुलकरले अन्तिम ओभरमा एक विकेट लिएपछि मुम्बईले १४ रनको जित हासिल गर्यो । आईपिएलमा अर्जुनले पहिलो विकेट लिएका छन् । यो जितपछि मुम्बई अंक तालिकाको छैटौं स्थानमा पुगेको छ भने हैदरावाद नवौ स्थानमा छ ।