Monday, April 20News That Matters

रास्वपाको पहिलो राष्ट्रिय भेला आजदेखि सुरु

पूर्णपुष्टि, असोज १ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ। प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यो दुई दिने भेला असोज १ गतेदेखि २ गतेसम्म चल्नेछ।

कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान र विधान संशोधन लगायतका विषयमा छलफल हुनेछ। सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन र कार्यवाहक महामन्त्री बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। यस भेलाले पार्टीको प्रथम महाधिवेशनको मिति पनि तय गर्ने बताइएको छ। पार्टीका अनुसार देशभरबाट १५०० भन्दा बढी प्रतिनिधि भेलामा सहभागी हुन काठमाडौं आइपुगेका छन्।