
पूर्णपुष्टि,असार ७ । रवि लामिछाने नेतृत्वको पार्टी राष्ट्रिय स्तन्त्र पार्टी (रास्वपा)ले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न ठाउँमा एकै साथ चियापान कार्यक्रम गरेको छ । बुधवार बिराटनगर स्थित मनास्लु ईन होटलमा प्रदेश सभापती राजेश तिम्सिनाको सभापतित्व तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको विशेष उपस्थितिमा चियापान समारोह सम्पन्न भएको हो ।
पार्टीले एक वर्षको अवधिमा रास्पाले गरेको अनैको आरोह अवरोह पार गरि सबैले देख्ने, सुन्ने र महशुस हुने गरी स्थापनाको पहिलो वर्षमै सदनमा २१ सांसद सहित गर्विलो उपस्थितमा रास्पा पुगेको भन्दै विज्ञाप्ती जायर गरेको छ । पार्टीले छोटो समयमा उठान गरेको विषयहरु र सबैभन्दा धेरै पटक रचनात्मक शैलीमा दर्ता गराएको संशोधन प्रस्तावहरु सम्झनलायक भएको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
नेपाली जनताले स्वतन्त्रताको लागि पटक–पटक गर्दै आएका एतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानहरुको गौरवपूर्ण इतिहासलाई रास्वपाले सदा स्मरण गर्ने जनाएको छ । नेपाल राष्ट्र निर्माण र नेपाली जनताको स्वतन्त्रताका लागि आफ्नो जिवन आहुती दिने विरहरुको योगदान प्रति पार्टीले उच्च सम्मान गरेको जनाएको छ ।
कार्यक्रममा पार्टीका पदाधिकारी सदस्य तथा राष्ट्रिय दलका प्रदेश स्तरिय नेता र सुरक्षा निकायका प्रमुखहरुबिचको उपस्थितिमा शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम गरिएको थियो ।

