
पूर्णपुष्टि, चैत्र ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको चौदण्डीगढी नगरपालिकाकाकी सचिव प्रियाकुमारी राई (नेकपा) एमाले प्रवेश गरेकी छिन् ।
शनिबार एमाले झापा जिल्ला कमिटिले दमकमा आयोजना गरेको जागरणसभामा राई एमाले प्रवेश गरेकी हुन् । भूपु सैनिक आवासीय माध्यामिक विद्यालयकी प्रिन्सिपल समेत रहेकी राईलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।