रुखबाट लडेर राईको ज्यान गयो

पूर्णपुष्टि, असोज १८

झापा कनकाई नगरपालिका २ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । आईतबार साढे २ बजे घिरौला टिप्न रुखचढेका राई लडेर गम्भिर घाईते भएका थिए ।

घाईते राईको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागी नोवेल अस्पताल विराटनगर तर्फ ल्याउने क्रममा बेलुका साढे ६ बजे बाटैमा मृत्यु भएको थियो । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: