Tuesday, May 5News That Matters

रुख ढलेर पैदल यात्रीको मृत्यु

मोरङ, साउन २४ गते ।

मोरङको कानेपोखरीमा रुखले किचेर एक जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका – ७ आईतबारे निबासी ५१ वर्षीय पार्वता भट्टराईलाई रुखले किचेर विहिबार मृत्यु भएको हो ।

दिउँसो करिब सवा ४ बजे कानेपोखरीबाट रमाईलो तर्फ गईरहेको अवस्थामा अचानक आएको हावाहुरीले रुख ढल्दा किचेर भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । रुखले किचेर घाईते भएकी भट्टराईलाई पथरी अस्पतालमा उपचारको क्रममा पौने ५ बजे मृत्यु भउको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।