
पूर्णपुष्टि,जेष्ठ २८ । सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको तिलोत्तमामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शनिवार राति तिलोत्तमा नगरपालिका–३, स्थित शान्तिकुञ्जमा भएको दुर्घटनामा पाँच जना घाईते भएको हो ।
भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो गाडी तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा सडक बत्तीको पोल र भित्तामा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले बताएको छ ।
दुर्घटनामा अर्घाखाँची छत्रगञ्ज गाउँपालिका–८, घर घएका ३२ वर्षीय गाडी चालक विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाए । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चालक श्रेष्ठको उपचारको क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा वर्ष ३१ का विज्ञान श्रेष्ठ, वर्ष ४९ का सुरेन्द्र श्रेष्ठ, वर्ष १८ का विप्लव श्रेष्ठ, वर्ष १७ का सुदर्शन श्रेष्ठ र वर्ष ३५ का विशाल पन्थी घाइते भएका छन् । उनीहरू पाँचै जनाको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
