पूर्णपुष्टि, २९ मंसिर ।
वल्र्ड भिजन इन्टर नेशनल उदयपुरको सहयोगमा हुरेण्डेक उदयपुरले संञ्चालन गरेको रुपान्तरण साथै पोषणका लागि बचत भन्ने कार्यक्रम ग्रामिण भेगमा निकै प्रभावकारी बन्दै गएको छ । बचतको बिकास र बालवालिकाको स्वास्थ्यमा समेत सुधारको जानकार राख्ने यो कार्यक्रम जिल्लाको बिभिन्न हुरेण्डेकको कार्यक्षेत्र भित्र संञ्चालित छ । यसलाई थप उपलब्धी मुलक बनाउन संस्थाले बिबिध क्रियाकलाप र सहजकर्ताहरुलाई क्षमता बृद्धिको कार्यक्रमहरु समेत संञ्चालन गर्दै आएको छ ।
सोही अवसरमा हुरेण्डेक उदयपुरले रुपान्तरण साथै पोषणका लागि बचत बारे फिल्ड सहजकर्ताहरुलाई गाईघाटमा दुईदिने अभिमुखीकरण दिएको छ ।
यस कार्यक्रमले मुख्यतया जिविको पार्जन र बालवालिकाको स्वास्थ्यलाई बिषेश मध्यनजर गरेको छ । जसका लागि जिल्लाभारी ७२ ओटा समूहहरु संञ्चालन रहेको जनाईएको छ । ग्रामिण भेगमा रहेका समुदायको दैनिक जिविको पार्जनमा व्यापक सुधार सँगै बालबालिका र आमाहरुको स्वास्थ्य अवस्था सुधार गर्न कार्यक्रमले मुख्य भुमिका खेलेको हुरेण्डेक उदयपुरका कार्यक्रम संयोजक बिकल सुवेदीले जनाए ।
७२ ओटा समूहलाई १२ जना सहजकर्ताहरुले संञ्चालनमा सहजीकरण तथा निर्देशन गर्ने गर्छ । कार्यक्रमलाई थप उपलब्धी बनाउन १२ जना सहजकर्ताहरुलाई दुई दिने पुनर्ताजगी अभिमुखीकरण दिईएको हो । सहजकर्ताहरुले कार्यक्रमको नियम र मापदण्ड अुनुरुप एक समूहमा १५ देखी २५ जनाको टिम बनाई संञ्चालनमा सहजीकरण गर्नु पर्ने छ ।
बचत गर्ने बानिको बिकास गर्नका लागि यो कार्यक्रम निकै उपयुक्त मानिएको संयोजक सुवेदीको बुझाई छ । पैसाको अभावमा बचत नजानेका ग्रामिण भेगका मानिसहरुलाई पारदर्शीताको लागि पनि कार्यक्रम निकै उपयोगी देखिएको उनले दावी गरे । समूहमा आबद्ध सदस्यहरुले २० रुपयाँ देखी माथि क्षमताले भ्याएसम्म बचत गर्ने मापदण्ड बनाईएको छ ।
समूहले प्रत्येक हप्ताको एक दिन भने बैठक बस्नु पर्नेछ । तालिममा सहभागी कार्यक्रम सहजकर्ता नविन गुराँगाईले त्रियुगा नगरपालिका १५ मा बचतलाई प्रभावकारी बनाउँदै आएको सुनाए । समुह खडा गरी समुहमा आबद्ध बाटै बचत गर्ने र बचत गरेको ३६ देखी ५२ हप्ता सम्म बचत खोलेर बितरण गरिने गुरागाईको भनाई छ ।
यहाँ सँगै ७२ ओटै समूहरुले बचतलाई सफल बनाउन सहजीकरण गरिरहेको जनाए । बचतले आवश्यक पोषणका खाना र अन्य क्षेत्रहरुमा ठुलो सहयोग पुगेको उनको बुझाई पनि छ । ५२ हप्ता पछि बचत खोलेर समुहको सियर सबैलाई आफ्नो बचत अनुरुप बितरण गर्दै पून ः अर्को सिजन सुरु गरिने छ ।
यस कार्यक्रममा बचत गर्दा जिविको पार्जनमा हुने प्रत्यक्ष फाईदा र बालबच्चाका लागि पोषणयुक्त खानपानबारे पनि ब्यापक सिकाईएको हुनेछ । सहजकर्ताहरुलाई पहिल्यै पनि सामान्यतया तालिम प्रदान गरिएको र पछिल्लो एडभान्स तालिममा पनि सहभागी गराईएको छ । यस तालिम पश्चात कार्यक्रमलाई पूर्णतया सफल बनाउन आफुमा क्षमता बृद्धि भएको सहभागीहरुले बताएको छ । तालिमलाई वल्र्ड भिजनबाट आनन्द खड्का र हुरेण्डेक बाट बिकल सुवेदीले सहजीकरण गरेका थिए ।