Tuesday, April 28News That Matters

रुसले बनाउँदै गरेको कोरोना भाइरस विरुद्धको खोपमाथि डब्ल्यूएचओको शङ्का

पूर्णपुष्टि, साउन २१

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले रुसले बनाउँदै गरेको कोरोना भाइरस विरुद्धको खोपप्रति शङ्का गरेको छ ।

तेस्रो चरणको परीक्षण विना नै खोप उत्पादन गरेमा कि त्यसको लाइसेन्स खारेज हुने वा त्यसलाई खतरनाक मान्न सकिने भन्दै डब्ल्यूएचओका प्रवक्ता क्रिस्टियन लिंडमियरले शङ्का व्यक्त गर्नुभएको हो ।

खोप उत्पादनका लागि कैयौं  नियम पालना गर्नुपर्ने भए पनि रुसले त्यसो नगरेको उहाँको भनाई छ ।  रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरासकोले भने अक्टोबरदेखि रुसमा कोरोना भाइरसको खोप उत्पादन सुरु गर्ने घोषणा गर्नुभएको छ ।

खोप स्वास्थ्यकर्मी, नर्स र शिक्षकलाई पहिलो प्राथमिकतामा राखेर दिइने जनाएको छ । रुसले ३ करोड डोज देशमा बनाउने तयारी गरेको छ भने विदेशमा १७ करोड डोज तयार गर्ने जनाएका छन् ।