
पूर्णपुष्टि, पुष १९
डिल्लीबजार कारागारमा कैद भुक्तात गरिरहेको सांसद रेशमलाल चौधरी सोमबार दल दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग पुगेका छन् । चौधरीका समर्थकहरु भेला भएर झाँकी र र्यालीसहित आयोगको कार्यालयमा पुगेका हुन् ।
यसअघि राजपाका तर्फबाट निर्वाचनमा सहभागी भएका चौधरी अत्याधिक मतका साथ कैलाली १ बाट निर्वाचित भएका थिए । तर कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको भन्दै उनले छुट्टै पार्टी खोल्न लागेका हुन् । उनले नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी राखेका छन् ।

