पूर्णपुष्टि, पुष ६
रेशम चौधरीलाई तत्काल रिहाई गर्नु पर्ने माग सहित उदयपुरमा सांकेति आन्दोलन सुरु गरिएको छ । बुधबार गाईघाट सदरमुकाममा र्याली सहितको सांकेतिक आन्दोलन गर्दै सरकारले नटेरे थप आन्दोलको सुरु गर्ने जनाए । थारु कल्याणकारीणी थारुहट थारु संघर्ष नगर कार्यसमिति र नागरिक उन्मुक्ति पार्टीले संयुक्त आन्दोन सुरु गरिएको हो । उनिहरुले यो आन्दोलन सांकेतिक रुपमा मात्र सुरु गरिएको जनाएको छ ।

सरकारले ल्याउन लागेको अध्यायदेश निरन्तर प्रयासरत हुनु पर्ने र निर्दोष रेशम चौधरीलाई तत्काल रिहाई गर्नु पर्ने उनिहरुको माग छ । नागरिक उन्मुक्ति पार्टी जिल्ला कार्यसमिति उदयपुरका अध्यक्ष बद्री चौधरीले सरकार सम्म सन्देश पुगोस भन्ने उदेश्यले उदयपुरमा आन्दोलन सुरु गरिएको जनाए । रेशम चौधरी रिहाईको अध्यादेशबाट सरकार पछि हटेको भन्दै अध्यादेश ल्याउन सरकारले हरकदम पहल चालिराख्न अनुरोध गरे । टिकापुर घटना कुनै एक व्यक्तिगत स्वार्थ नभई आम जनताहरुको रक्षात्मक आन्दोलन रहेको हुँदा यसलाई सरकारले आममाफी दिनु पर्ने उनिहरुको माग छ ।
रेशम चौधरीलाई दलहरुले भोट बैँकको रुपमा मात्र प्रयोग गरेको आरोप
थारु कल्याणकारीणी सभा त्रियुगा नगर कार्यसमितिले रेशम चौधरीलाई दलहरुले चुनावमा भरपुर प्रयोग मात्र गरेको आरोप लगाएको छ । समितिका नगर अध्यक्ष सिवाकान्त चौधरीले चुनावको बेलामा रेशम चौधरी निर्दोष रहेको भन्दै हिड्ने दलहरु अहिले फेरी दोषी देखाउँदै हिडको जनाए । सरकार निर्माण र चुनावको वेला आवश्यकताको आधारमा मात्रै रेशम चौधरीलाई पार्टीहरुले प्रयोग गर्यो चौधरीले भन्यो, गाईघाटमा सांकेतिक आन्दोलनको कोणसभामा बक्ताहरुले सरकारले ल्याउन लागेको अध्यदेशको विरुद्धमा बोल्नेहरुनै चुनाव अघि आमसभाहरुमा रेशम चौधरी निर्दोष रहेका जिनाएका थिए । उनिहरुले राजनितिक दलका व्यक्तीहरुनै स्वार्थका लागि झुटको खेती गर्दै हिडेको आरोप लगाए । आन्दालेलमा मलिथम थारी सेवा समाज उदयपुरले पनि एकबद्धता जनाएका थिए ।

