पूर्णपुष्टि, पुष ६ । एक सामुदायिक विद्यालयमा एक शिक्षक कार्यरत रहने अवधि बढीमा पाँच वर्षको बनाउने र त्यसपछि स्वतः सरुवा गरिने नीति ल्याइने भएको छ। त्यस्तै,शिक्षकले सुरु पदस्थापन भएको विद्यालयमा अनिवार्य रूपमा २ वर्ष कार्यअवधि पूरा नगरी अर्को विद्यालयमा सरुवा हुन नपाउने व्यवस्था गर्ने नीति ल्याइने पनि मस्यौदामा उल्लेख छ। ‘शिक्षकको सरुवा वैशाख महिनामा मात्र गर्ने प्रणाली स्थापित गरिनेछ’मस्यौदामा भनिएको छ ।
विद्यालय शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरिवेक्षणको व्यवस्थाका लागि तयार पारिएको मस्यौदामा यो नीति लागू गरिने उल्लेख छ । निजी विद्यालयले १० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने नेपाल अभिभावक महासंघका अध्यक्ष एवं मस्यौदा लेखन उपसमितिका सदस्य शुप्रभात भण्डारीका अनुसार तयार भएको उक्त मस्यौदा राष्ट्रिय आयोजनाका उपाध्यक्षमार्फत सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरिएका छ।
