पूर्णपुष्टि, पुष ६ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी चौथौ मेयर कप फुटबल प्रतियोगिताको बुधवार सम्पन्न खेलमा वडा नम्बर १० बिजयी भएको छ । गत शनिवार देखि सुरु भएको उक्त प्रतियोगितामा आजको क्वाटर फाईनल खेलमा वडा नम्बर ८ लाई १–० गोल अन्तरले पराजिन गर्दै वडा नम्बर १० ले सेमीफाइनलमा प्रवेस पएको हो ।
प्रतियोगितामा वडा नम्बर १०का खेलाडी जर्सी नम्बर १०का राम मगरले खेलको पहिलो हाफको ४४आँै मिनेटमा विपक्षीको गोलपोष्टको जाली चुमाउन सपल भएको थियो । अन्तत प्रतियोगिताको निर्धारीत समय सम्म पनि बिपक्षका तर्फबाट कुनै पनि गोल गर्न सफल नभएपछि राम मगरले गरेको गोल नै निर्णायक भएको हो । उक्त प्रतियोगिताका म्यान अफ द म्याच पनि गोल कर्ता जर्सी नम्बर १०का राम मगरनै घोषित भएका हुन् ।
प्रतियोगितामा बिहीवार पहिलो सेमिफाइनल खेल वडा नं. ६ र वडा नं. ४ बिच मध्यान्नको २ः३० बजे बाट वडा नं. ७ स्थित रामप्रसाद राई रंगशालामा हुने आयोजक चौदण्डीगढी नगरखेलकुद बिकास समितिका सचिव अनुपाराज खत्रीले जानकारी दिएका छन् ।
